हिमालपारिका बस्तीमा सुुरु भयो नियमित खोप !

 कोरखबर   १४ कार्तिक, २०७७



कार्तिक १४, हुम्ला। हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् ।

यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् । सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन थालेका छन् । गाउँमा स्थायी रूपमा स्वास्थ्यकर्मी बस्न थालेपछि खोप लगाउने कार्य सम्भव भएको हो ।

एक बालककी आमा छिरिङ छोवो तामाङले आफ्नो छोराले पहिलो पटक गत असारमा खोप लगाउन पाएको बताईन । खोपसम्बन्धी कुनै जानकारी नपाएकी उनले सुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाउन आउँदा दिन मानेकि थिइनन् । पछि सबै कुरा बुझाएपछि उनी आफ्नो छोरालाई खोप लगाउन सहमत भईन्।

नेपाली राम्रोसँग नबुझ्ने तामाङले खटाएका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेकै कारण छोराको खोप छुटेको बताईन् ।असारयता खोप लगाउन पाएका बालबालिका लिमीमा पहिलो खोप पाउने बालबालिका हुन् ।

लिमी स्वास्थ्य चौकीमा ११ महिनाकी छोरीलाई लिएर नियमित खोप लगाउन पुगेकी लिमी हल्जी गाउँकी जाङ्मु तामाङले राज्यबाट निःशुल्क रूपमा आउने सेवासुविधा पहिलो पटक उपभोग गर्न पाएको बताईन् । यसअघि उनका तीन छोरा खोप नलगाईकन हुर्के । त्यति बेला उनलाई नियमित खोपका बारेमा जानकारी रहेनछ ।

थाहा भएपछि भने यसलाई नियमित गर्नेतर्फ आपूहरूको सहयोग रहने उनको भनाई छ । गाउँका बालबालिकाले खोप लगाउन पाएपछि सिंहदबार गाउँ पुगेको विश्वास हुन थालेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post