कात्तिक १४, एजेन्सी । फ्रान्सको नीस सहरको एक चर्चमा तीन जनाको हत्या भएको छ। मारिनेमा दुई महिला र एक पुरुष छन्।
ट्युनिसियाबाट आएको २१ वर्षीय युवकले आक्रमण गरेको पुष्टि भएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले उक्त व्यक्तिलाई गोली प्रहार गरेको छ। आक्रमणकारीसँग इटाली रेडक्रसले जारी गरेको कागजात फेला परेको बताइएको छ।
राष्ट्रपति इम्यानुअल म्याक्रोंले यस घटनालाई ‘इस्लामी आतंकवादी आक्रमण’ भनेका छन्। यो घटनापछि चर्च, विद्यालयलगायतका सार्वजनिक स्थानमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। आवश्यकता हेरेर सुरक्षाकर्मीको संख्या वृद्धि गर्न सकिने अधिकारीहरुले जनाएका छन्।
यसअघि यसै महिनाको सुरुमा पेरिसको एक स्कुलमा एक शिक्षकको पनि हत्या गरिएको थियो।