पोखरामा उपचाररत कोरोना संक्रमितको मृत्यु !

 कोरखबर   १३ कार्तिक, २०७७



१३ कार्तिक, कास्की । पोखरामा  कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा  उपचाररत पोखरा-१३ की ३६ वर्षीया संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post