चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु !

 कोरखबर   १३ कार्तिक, २०७७



कार्तिक १३,चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा कार्तिक ३ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा गएराती उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा मधुमेहको समेत समस्या रहेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post