नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नजिक पुग्यो ,आज कति थपिए ?

 कोरखबर   ६ कार्तिक, २०७७



काठमाडौं, ६ कात्तिक । मुलुकमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ६ सय ३७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबार (हिजो) काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post