कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार नाघ्यो,आज कति ?

 कोरखबर   ३ कार्तिक, २०७७



कात्तिक ३,काठमान्डौ । मुलुकमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी जम्मा २३८८ जना संक्रमित थपिएका छन् ।

यसअघि आइतबार ९हिजो० काठमाडौंमा १४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी जम्मा १६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post