रौतहटमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु !

 कोरखबर   ३ कार्तिक, २०७७



कात्तिक ३, रौतहट। रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ। आइतबार दुईजनाको मृत्यु भएसँगै मृतक संख्या ११ पुगेको हो।

पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ। इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका-७ बगही र माधव नारायण नगरपालिका-७ मा शव व्यवस्थापन गरेको हो।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया-७ का ७० वर्षीय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिबार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताए। 

चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीय एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post