संक्रमितको संख्यामा फेरि उछाल, आज कति थपिए ?

 कोरखबर   ३० असोज, २०७७



असोज ३०,काठमान्डौ । मुलुकमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ९२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post