कोरोना संक्रमणबाट सशस्त्र जवानको मृत्यु !

 कोरखबर   ३० असोज, २०७७



असोज ३०,काठमान्डौ । कोरोना संक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल,  मुस्ताङको छोसेर स्थित बिओपी  कार्यरत २५ बर्षीय पुरुष सुरक्षाकर्मीको मृत्यु भएको हो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारत उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो।

मृतक सुरक्षाकर्मी बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका–७ का रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि असोज २५ गते अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण रहेको २७ गते पुष्टि भएको थियो।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post