कोरोना संक्रमितको संख्यामा दैनिक उछाल !

 कोरखबर   २९ असोज, २०७७



असोज २९,काठमान्डौ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post