कोरोना संक्रमण : १० दिनको अन्तरालमा दाजुभाईकै ज्यान गयो !

 कोरखबर   २९ असोज, २०७७



असोज २९, काभ्रेपलाञ्चोक । काभ्रेमा कोरोना संक्रमणबाटै एकैघरका दाजुभाईको मृत्यु भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई सदस्यको १० दिनको फरकमा मृत्यु भएको हो ।

गत असोज १८ गते धुलिखेल अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय भाईको निधन भएको थियो भने बुधबार राती ५० वर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

मधुमेह रोगबाट पीडित उनलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गरिहेका उनको एक महिनापछि मृत्यु भएको थियो ।

त्यस्तै बनेपा नगरपालिका वडा न ७ का ७७ वर्षीय जेष्ठ नागरिकको घरमै मृत्यु भएको बनेपा आइसोलेसनका डा। शिशिर बञ्जाराले जानकारी दिए । उनका अनुसार बुधबार संक्रमितलाई डाइलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो । पिसिआर परिक्षण गरी डाइलोसिसका लागि समय दिए पनि उनमा कोरोना देखिएको उनले जानकारी दिए । घरमै निधन भएपछि उनको अन्त्येष्टीको तयारी भइरहेको जनाइएको छ । यो सँगै जिल्लामा कोरोनका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post