कोरोना संक्रमितको संख्या १ लाख २० हजार नजिक, आज कति जनामा संक्रमण ?

 कोरखबर   २८ असोज, २०७७



असोज २८,काठमान्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८० हजार ९५४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार मंलगबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या६७५ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post