असोज २८,हैदराबाद । दुई दिनदेखिको भारी वर्षाका कारण भारतमा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार तेलंगना राज्यमा वर्षासँगै आएको बाढीले २ महिने शिशुसहित ११ को ज्यान लिएको हो।
वर्षाका कारण सडकहरूमा भेल बगेको छ भने बस्ती डुबानमा परेको छ। यस्तै छिमेकी आन्ध्र प्रदेशमा गत २४ घण्टादेखि लगातार पानी परेको बताइएको छ। यसले त्यहाँको जनजीवन कष्टपूर्ण भएको छ।
अहिले आन्ध्र प्रदेश, तेलंगना राज्य र ओडिसामा लगातार पानी परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।