त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

 कोरखबर   २६ असोज, २०७७



असोज २६,काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो ।

विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो ।

अब त्रिविको स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने सूचनामा भनिएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post