शिक्षामन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि !

 कोरखबर   २५ असोज, २०७७



असोज २५,काठमान्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार परिक्षण गराएका पोखरेलमा आइतबार कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पोखरेलका स्वकिय सचिव पुरन खड्काले मन्त्री पोखरेलमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन्। स्वकीय सचिव खड्काले मन्त्री पोखरेललाई संक्रमण पोजेटिभ देखिएको जनाउदै मन्त्रीसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन समेत आग्रह गरेका छन्।

यस अघि शनिवार मात्रै संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेश भट्टराईलाई पनि कोरोना पोजेटिभ पुष्टि भएको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post