पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि !

 कोरखबर   २५ असोज, २०७७



असोज २५,काठमाडौं । मुलुकमा थप २ हजार ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १,५५२  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post