कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु !

 कोरखबर   २५ असोज, २०७७



असोज २५,काठमाडौं। कोरोना भाइरसको संक्रमणवाट आज थप ४ जनाको मृत्युु पुष्टि भएको छ । उनीहरुको गएराति र आज विहान मृत्यु भएको हो ।

बाँकेमा गएराति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ। उनको शनिबार राति मृत्यु भएको हो ।असोज ६ गते कोरोना संक्रमन पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताए । योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।

यसैबिच, विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको गयराति मृत्यु भएको छ। सुनसरीका एक वृद्ध पुरुष र एक महिलाको मृत्यु भएको हो।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्धको उपचारका गयराति मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै दुहवी –३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको जानकारी दाहालले दिए ।पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएकी मृतकमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको प्रबन्धक दाहालले बताए। रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post