लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना संक्रमण

 कोरखबर   २३ असोज, २०७७



असोज २३,काठमान्डौ ।  लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। सामान्य रुघाखोकी लागेपछि शुक्रवार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी कोभिड-१९ को परीक्षण गराएका उनमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेसनमा बसेको उनका स्वकीय समिव पवन कुँवरले जानकारी दिए। मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सचिवालय तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि परीक्षण गरिने भएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post