कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो, आज कति थपिए ?

 कोरखबर   २३ असोज, २०७७



असोज २३,काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । आजको तथ्यांकसंगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए ।

पछिल्लो २४ घण्टामा मुलुकभर १३ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गरिएको पनि डा.गौतमले जानकारी दिए । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ८० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७३ हजार २३ पुगेको छ । 

अब नेपालमा २७ हजार ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post