उपचार गराईरहेका थप तीनजना संक्रमितको मृत्यु !

 कोरखबर   २३ असोज, २०७७



असोज २३,काठमान्डौ । कोरोना भाइरस (कोभिड-१९) बाट सुनसरीका तीनजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोवेल मेडिकल कलेज विराटनगमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका एकरएक जना पुरुष रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा इटहरी उपमहानगरपालिका ६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको निधन भएको सहायक प्रवक्ता आशिष श्रेष्ठले बताए । मृत्यु हुने दुबैमा मृगौला सम्बन्धी रोग रहेको उनको भनाइ छ । 

त्यस्तै धरान उपमहानगरपालिका–१२ का ५० वर्षीय पुरुषको पनि शुक्रबार उपचारका क्रममा निधन भएको छ । उनको नोवेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । मृतकको दाहसंस्कारका लागि शव व्यवस्थापनको काम भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए। सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post