निरन्तर बढ्दैै कोरोना संक्रमित ,अहिलेसम्मकै सर्वाधिक ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि

 कोरखबर   २२ असोज, २०७७



काठमाडौं, २२ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

त्यस्तै निको हुनेको संख्या पछिल्लो २४ घण्टामा २,६७५ रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार ३४३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post