वेपत्ता भए काठमाडौंका ९१ जना कोरोना सङ्क्रमित !

 कोरखबर   २१ असोज, २०७७



असोज २१,काठमाडौं । काठमाडौं महानगरपालिकामा ९१ जना कोरोना सङ्क्रमित सम्पर्कविहीन भएपछि त्यसले तनाव बढाएको छ । कोरोना सङ्क्रमित भएकाको सम्पर्कमा आएकाहरूलाई टे«सिङ गरी क्वारेन्टाइनमा राखी भाइरसको बाटो बन्द गर्नुुपर्नेमा सङ्क्रमित नै सम्पर्कमा नआएपछि तनाव बढेको हो ।

काठमाडौँ महानगरपालिकाका अनुसार पीसीआर परीक्षण गराउने क्रममा गलत सम्पर्क नम्बर र ठेगाना टिपाएका ९१ जना सङ्क्रमित सम्पर्कविहीन भएका हुन् । ती व्यक्ति पीसीआरको पोजेटिभ रिपोर्ट खल्तीमा बोकी समुदायमै घुलमिल भइरहेको हुन सक्ने आशङ्का महानगरपालिकाले गरेको छ ।

“सम्पर्कविहीन भएका कतिपय व्यक्तिको दुई हप्ता समय सकिएकाले कोरोना अन्य व्यक्तिलाई सर्ने सम्भावना कम भएको हुनसक्छ,” काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानबहादुर ओलीले बताए ।

सोमबारसम्म कन्ट्याक ट्रेसिङ गरिएकामध्ये १३ दशमलव ७६ प्रतिशत पोजेटिभ केस भेटिएको छ । हालसम्म १६ हजार १८० जनाको कन्ट्याक ट्रेसिङ गरी पीसीआर गर्दा दुई हजार २२७ जनामा पीसीआर पोजेटिभ आएको केस भेटिएको काठमाडौँ महानगरले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post