सिन्धुली अस्पतालको सेवा बन्द !

 कोरखबर   २१ असोज, २०७७



असोज २१,सिन्धुली। कर्मचारीमा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल सिन्धुलीले आफ्नो सेवा प्रवाह रोकेको छ । यद्यपी आकस्मिक र प्रसुति सेवा भने नरोकिने अस्पतालले जनाएको छ । 

अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन बाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताए ।

हालसम्म सिन्धुली अस्पतालमा कार्यरत ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनिहरुमध्ये ७ जना निको भइसकेको र दुई जना आइसोलेसनमै रहेको पोखरेलले जानकारी दिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post