१५ सय ५१ कोरोना संक्रमित थपिदा, २३ सय ४० जना निको !

 कोरखबर   २० असोज, २०७७



असोज २०,काठमान्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

उपत्यकामा संक्रमित धेरै
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १,०१७ जना संक्रमित थपिएका छन् ।

निको हुनेको सख्या पनि उत्साहजनक 
कोरोना संक्रमितको संख्या बढेजसरी नै निको हुनेको संख्या पनि बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप २,३४०  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

९ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post