नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीमा कोरोना संक्रमण

 कोरखबर   २० असोज, २०७७



असोज २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीमा कोरोना पोजेटिभ देखिएको छ। सोमबार गरेको पिसीआर परीक्षणमा पोजेटिभ देखिएको चौधरीले बताएकी छिन्।

कोरोना भाइरसका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोसमेत उनले बताएकी छिन्। आफूलाई कोरोना पोजेटिभ देखिएको बताउँदै उनले यसबीचमा आफ्नो सम्पर्कमा रहेकोहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छिन्।

उनले केहिबेर अघि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसीआर गरि सावधानी अपनाउनु हुन अनुरोध गर्दछु।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post