हरेक १० मध्ये एक जनालाई कोरोना संक्रमणः डब्ल्यूएचओ

 कोरखबर   २० असोज, २०७७



असोज २०, एजेन्सी । विश्व स्वास्थ्य संगठन लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ ।

एक वरिष्ठ अधिकारीका अनुसार यो अनुमानको अर्थ हो कि संसारको ठूलो जनसंख्याको एउटा ठूलो हिस्सा खतरामा छ । हालसम्म संसारको डेढ सयभन्दा धेरै देशमा ३.५ करोड मानिस कोरोनाभाइरसद्वारा संक्रमित भएको पुष्टि भएको छ । यद्यपि, डब्ल्यूएचओका अनुसार संक्रमणको वास्तविक आँकडा ८० करोड नजिक हुनसक्छ ।

विशेषज्ञले लामो समयदेखि जति संक्रमित दर्ता गरिएका छन्, वास्तवमा संख्या त्योभन्दा थुप्रै गुणा बढी हुनसक्ने बताउँदै आएका छन् । डब्ल्यूएचओका हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रयानले संसारका १० प्रतिशत जनसंख्या कोरोनाभाइरसको चपेटमा आइसकेको अनुमान गरेका छन् । –बीबीसी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post