जनकपुरका विद्यालयहरु आजबाट खुल्दै !

 कोरखबर   २० असोज, २०७७



असोज २०,काठमाडौँ । प्रदेश २ को राजधानी जनकपुरका विद्यालयहरु आजबाट सञ्चालनमा आउदै छन् । कोरोना संक्रमण दर तीब्र रुपमा फैलिएको भएपनि जनकपुरमा आज (मंगलबार) बाट विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाका कारण चैत देखि बन्द रहेको शैक्षिक संस्थाहरु मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, शिशु कक्षा र बाल विकासका शिक्षक/शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कूलिङ’ गराउने निर्णय गरिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post