बढ्दै कोरोना संक्रमित : एकैदिन थपिए २४ सय ४० जना !

 कोरखबर   १९ असोज, २०७७



असोज १९,काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post