संक्रमितको संख्या नियमित उकालो ,२४ घण्टामा २२ सय ५३मा संक्रमण !

 कोरखबर   १८ असोज, २०७७



असोज १८, काठमाडौँ– नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

त्यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आज ७ जना मृतक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् । ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post