आर्मेनिया–अजरबैजान : सिरियाली युवालाई अनावश्यक युद्धमा धकेल्दै गरेको कथा !

 कोरखबर   १८ असोज, २०७७



असोज १८, विविसी । आर्थिक अवरोधका कारण सिरियाली युवा अब्दुल्ला (परिवर्तित नाम) अजरबैजानको सिमानामा रहेको सैन्य अड्डाहरूमा काम गर्न राजी भए तर उनलाई कुनै तालिमबिना युद्धमा लगियो। सेनामा भर्ना भएको केही दिन पछि उनलाई नागोर्नो-काराबाख क्षेत्रमा पठाइएको थियो, जहाँ विगत धेरै दिनदेखि युद्ध भइरहेको छ। नागोर्नो-काराबाख दशकौं पहिलेको सोभियत संघको हिस्सा समेत रहेका अर्मेनिया र अजरबैजानको बीचको तनावको कारण बनेको हो । 

नागोरोनो-काराबाखको युद्धमा नियुक्त एक सिरियाली युवाले भनेका छन कि उनलाई सेनामा काम गर्ने निर्णय गरेको एक हप्ता भित्रमा अजरबैजानमा लड्न पठाइएको थियो।

आर्मेनिया र अजरबैजान किन झगडा गर्दैछन् ?

दक्षिण पूर्वी यूरोपमा पर्ने पहाडी ईलाका आफ्नो रहेको अजरबैजानको दावी छ । तर सन् १९९४ पछि त्यो पर्वतीय क्षेत्र आर्मेनियाको कब्जामा छ । ८० को दशकदेखि ९० दशकको मध्य सम्म त्यहाँ दुबै देशहरूमा युद्ध भएको थियो । त्यस अवधिमा ३० हजार भन्दा बढी मानिस मरे र १० लाख भन्दा बढी विस्थापित भए।

त्यस समयमा अलगाववादी सेनाले नागोर्नो-काराबाखका केही क्षेत्रहरू कब्जा गरेको थियो। तत्कालिन समयमा अर्मेनिया र अजरबैजानले युद्धविरामको घोषणा गरेका थिए तर १९९४ को युद्धविरामपछि पनि त्यहाँ युद्ध जारी छ।

यो विवाद भौगोलिक र रणनीतिक रूपमा महत्त्वपूर्ण भएको कारण जटिल भएको छ। शताब्दीयौंदेखि त्यस क्षेत्रका मुस्लिम र ईसाई सेनाहरू उनीहरूमाथि आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्छन्। ग्यास र कच्चा तेल पाइपलाइनहरू त्यस क्षेत्र हुँदै जान्छन्, यस कारणले गर्दा पनि त्यस क्षेत्रको स्थिरताका बारे चिन्ता उठाइएको छ।

वास्तविक विवादको सुरुवात
सन्  १९२० को दशकमा सोभियत संघ गठन भएपछि यी दुई देशहरू (आर्मेनिया र अजरबैजान) यसको हिस्सा भए। तर वास्तविक विवाद १९८० को दशकमा शुरू भयो जब सोभियत संघको विभाजन भयो र नागोरोनो-काराबाख सोभियत अधिकारीहरूले अजरबैजानलाई हस्तान्तरण गरे।

नागोर्नो-काराबाखको संसदले आधिकारिक रूपमा आर्मेनियाको हिस्सा बनाउन मतदान गरे। नागोर्नो-काराबाखको अधिकांश जनसंख्या अर्मेनियाई हो। दशकौंसम्म नागोर्नो-काराबाखका मानिसहरूले त्यस क्षेत्रलाई आर्मेनियामा हस्तान्तरण गर्न अपील गरे। यस मुद्दालाई लिएर त्यहाँ अलग्गैवादी आन्दोलन सुरु भयो र अजरबैजानले यसलाई अन्त्य गर्न खोज्यो। यस आन्दोलनलाई आर्मेनियाले निरन्तर समर्थन गर्यो। नतिजा स्वरूप त्यहाँ जातीय द्वन्द्व शुरु भयो र सोभियत संघबाट स्वतन्त्र भएपछि एक प्रकारको युद्ध सुरु भयो। यहाँको द्वन्द्वका कारण लाखौं मानिस आफ्नो घर छाडेर भाग्नुपर्यो। दुबै पक्षबाट जातीय नरसंहारको खबर पनि आएको थियो।

सन् १९९४ मा रसियाको मध्यस्थतामा युद्धविरामको घोषणा हुनु अघि नागोरोनो-काराबाखलाई अर्मेनियाली सेनाले कब्जा ग¥यो। त्यो सम्झौता पछि, नागोर्नो-काराबाख अजरबैजानको हिस्सा थियो, तर त्यस क्षेत्रलाई पृथकवादीहरूले शासन गरेका थिए जसले त्यसलाई गणतन्त्र घोषणा गरेका थिए। त्यहाँ आर्मेनियाले समर्थित सरकार चलाउन सुरु गर्यो जसमा अर्मेनियाली जातीय समूहका मानिसहरू थिए।

कुन देशको साथ ?
सन् १९२९मा, नागरोनो-काराबाखमा शान्ति कायम गर्न फ्रान्स, रसिया र संयुक्त राज्यको नेतृत्वमा युरोप मिन्स्क समूहको सुरक्षा तथा सहयोग संगठनको मध्यस्थतामा शान्ति वार्ता सुरु भयो। मिन्स्क समूहको बैठक पछि संयुक्त राज्य, फ्रान्स र रसियाले हालै नागोर्नो काराबाखमा चलिरहेको लडाईको आलोचना गरेका छन् र भनेका छन् युद्ध चाँडै अन्त हुनुपर्दछ । यद्यपि टर्कीले भने अजरबैजानको समर्थनमा युद्धविरामको माग रद्द गरेको छ। टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले भनेका छन कि 'अर्मेनियाले अजरबैजानको भूमिमा आफ्नो कब्जा समाप्त गरेमा मात्र युद्धविराम सम्भव छ। '

अर्मेनिया-अज़रबैजानको युद्धमा सिरियाली युवाहरू

अर्मेनियाली प्रधानमन्त्री निकोल पासिन्न्यानले भागेका सैनिकहरू (भाडामा लिने लडाकुहरू) यस विवादमा संलग्न भएको दाबी दोहोर्याएका छन, जो अजरबैजान र टर्कीमा विदेशी आतंकवादी लडाकुहरूको सहयोग र सहभागितामा युद्ध गरिरहेका छन्। उनले भने,'यो आतंकवाद अमेरिका, इरान, रसिया र फ्रान्सका लागि पनि उत्तिकै ठूलो खतरा हो।'

फ्रान्सेली राष्ट्रपति म्याक्रोन पनि यस बारे ख्याल राख्छन्, उनले भनेका छन् " जिहादी समूहमा आवद्ध ३०० सिरियाली लडाकूलाई एल्प्पोबाट निकाला गरिएको छ र उनिहरु अजरबैजानको लागि टर्की जाँदैछन् भन्ने सूचना प्राप्त भएको छ।" आर्मेनियाले पहिले पनि आरोप लगाएको थियो कि झण्डै ४००० सिरियन नागरिकहरू युद्धमा भाग लिन अजरबैजान पठाइएको छ तर टर्कीले यसलाई अस्वीकार गरेको छ।

धेरै संख्यामा टर्किस नागरिकहरु अजरबैजानमा बस्छन्। यस्तो अवस्थामा टर्की र अजरबैजान राजनीतिक र सांस्कृतिक रूपमा निकट छन्। तर सिरियाका लडाकूहरू टर्कीको माध्यमबाट लड्न देश बाहिर  गएका यो पहिलो पटक भने होइन। गत वर्ष मेमा, संयुक्त राष्ट्र सघले जारी गरेको एक रिपोर्टमा भनिएको छ कि उत्तर सिरियाका धेरै लडाकुहरू लिबिया गृहयुद्धमा लड्न तुर्की हुँदै त्यहाँ लगिएका थिए। 

सिरियन युवाको कथा
सिरियावासी, अब्दुल्लाह (परिवर्तित नाम) ले बीबीसी अरबी सेवाका मोहम्मद इब्राहिमलाई यसो भनेका थिए कि उनलाई युद्धको मैदानमा पठाइएको हो भन्नेमा कुनै ख्याल थिएन् । उनले समाजिक संजालमार्फत इब्राहिमसँग कुरा गरेका थिए ।

अब्दुल्लाले एउटा सन्देशमा लेखे कि," उनीहरूले हामीलाई सीमामा रहेको सैनिक अड्डाहरूको रक्षा गर्न अजरबैजान जानु पर्छ भने र त्यसको लागि २,००० डलर लिन भनियो। त्यसबेला कुनै युद्ध भइरहेको थिएन र हामीलाई कुनै पनि प्रकारको सैन्य प्रशिक्षण पनि दिइएको थिएन । र एक हप्ता भित्र युद्धका लागी यस्तो देशमा पठाईयो कि जहाँ मैले पहिले कहिल्यै पनि यात्रा गरेको थिईन् । "


अब्दुल्लाह को अन्तिम सन्देश

अब्दुल्लाले इब्राहिमलाई पठाएको अन्तिम सन्देशमा यो लेखे कि उनी युद्ध अन्त्य भएको र शान्तिमय वातावरणको सिर्जना भएको चाहन्छन्। उनले लेखेका थिए  "जब युद्ध सुरु भयो हामीले आफ्ना उच्च अधिकारीहरुलाई हामी सिरियाको घर फर्कन चाहन्छौं भन्यौ तर उनीहरूले हाम्रो आग्रहलाई इन्कार गरे। उनिहरुले हामीलाई  यदि लडाई गर्न अस्वीकार गर्छौं भने जेलमा सड्ने धम्की दिए । मलाई यस्तो लाग्छ कि हामी एक किसिमको निर्जन जीवन बिताइरहेका छौ।"    विविसी

 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post