कैलालीमा थुनुवा,प्रहरी र सेनासहित ४३ जनामा कोरोना पुष्टि !

 कोरखबर   १७ असोज, २०७७



असोज १७,कैलाली । कैलालीमा सात जना थुनुवा सहित थप ११ प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा सात थुनुवामा कोरोना पुष्टि भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालयमै कार्यरत थप ११ प्रहरीमा समेत कोरोना पुष्टि भएको छ। 

यस्तै कैलालीमै रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत थप ३२ सैनिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत थप ३२ जना सैंनिकमा कोरोना पुष्टि भएको हो ।

यसअघि असोज ११ गते तेघरी ब्यारेकमा कार्यरत १३ जना सैनिक कोरोना पुष्टि भएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post