कोरोनाबाट विशेषज्ञ डाक्टरको मृत्यु !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,बाँके । कोरोना भाइरस (कोभिड-१९) बाट बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा रहेका डाक्टरको बिहीबार दिउँसो कोरोनाबाट निधन भएको हो ।

भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो उनको निधन भएको हो । यो सँगै कोरोनाबाट बाँकेमा बिहीबार एकैदिन तीन जनाले ज्यान गुमाएका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post