असोज १५,काठमाडौं। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।
वीर अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सीईओ ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।
सिईओ ज्ञवाली यतिवेला होम आईसोलेशनमा छन् । उनको परिवारका सदस्यहरुलाई भने कोरोना नेगेटिभ देखिएको छ ।