मोरङमा होमआइसोलेसनमा बसेकी वृद्धाको निधन !

 कोरखबर   १५ असोज, २०७७



असोज १५,विराटनगर । कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

मृत्यु पछि कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख डा। लक्ष्मीनारायण यादवले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post