भारतमा एकै दिन ८६ हजार कोरोना संक्रमित थपिए

 कोरखबर   १५ असोज, २०७७



काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ८६ हजार ८ सय २१ संक्रमित थपिएका छन ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख १२ हजार ५ सय ८५ पुगेको छ। २४ घण्टामा १ हजार १ सय १८ संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म ९८ हजार ६ सय ७८ जनाको मृत्यु भइसकेको छ।

हालसम्म भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ४० हजार ७ सय ५ छ भने ५२ लाख ७३ हजार २ सय २ जनाको मृत्यु भइसकेको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post