सप्तरीका एक कोरोना संक्रमितको मृत्यु !

    १४ असोज, २०७७



आश्विन १४, धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भेन्टिलेटरसहितको आईसीयूमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो । उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि उनलाई बीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर ती बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगी रहेको डा। सापकोटाले बताए । उनले १० वर्षदेखि डायलसिस गराइरहेका थिए । रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post