बलिउड अभिनेता सोनु सुदलाई यूएनडिपीको अवार्ड !

    १३ असोज, २०७७



असोज १३,काठमान्डौ । बलिउड अभिनेता सोनु सुदलाई यूनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम ९यूएनडिपी०ले अवार्ड प्रदान गरेको छ। 

अभिनेता सोनुले लकडाउनका समयमा पुर्‍याएको योगदानहरूको सम्मान स्वरुप ‘स्पेसियल ह्युम्यानिटेरियन एक्सन अवार्ड’ दिइएको बलिउड हंगामाले जनाएको छ । 

कोरोना भाइरस महामारीको समयमा अभिनेता सोनु सुद राहत वितरणदेखि लकडाउनबाट प्रभावितहरुको उद्धारमा खटे । उनले निम्न आय भएका जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति योजना समेत घोषणा गरेका छन्। कोभिड–१९का कारण रोजगार गुमाउन पुगेका भारतका हजारौ युवा युवतिलाई उनले रोजगारको समेत प्रयास गरिरहेका छन् ।

कृषकलाई ट्याक्टर उपलब्ध गराउनुका साथै सोनुले बाढिमा आफ्नो पशु गुमाएका किसानलाई लैनो भैसी समेत उपहार दिएका थिए । महामारीको समयमा भारतिय जनताको नजिक रहेका सोनुलाई रियल लाईफ हिरो मान्न थालेका छन् ।

सोनुका  शुभचिन्तकले उनको मुहार ट्याटुमा खोपे। उनकै प्रेरणामा आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्लाका युवाहरूले गाउँमा सडक समेत निर्माण गरेका छन् ।  

महामारीमा उनले पुर्‍याएको आर्थिक एवं भावनात्मक सहयोगको सम्मान स्वरुप सोमवार आयोजित भर्चुल समारोहमा अवार्ड प्रदान गरिएको हो ।अवार्ड बारे सोनुले भनेका छन्,’संयुक्त राष्ट्र संघबाट सम्मानित हुनु मेरो लागि विशेष करा हो। मैले थोरै गरेको छु। जति गरेको छु मैलै आफ्नै बुतामा इमानदार भएर गरेको छु।‘



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post