बाकेमा थप दुई संक्रमितको मृत्यु

 कोरखबर   १३ असोज, २०७७



काठमाडौं । बाँकेमा कोरोनाबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

निमोनिया भएर उपचारका लागि अस्पताल भर्ना भएका दुई जना बिरामीको स्वब परिक्षण गर्दा दुबै बिरामीको रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

तिनको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post