कोरोना उपचाररत महिलाको मृत्यु

 कोरखबर   १२ असोज, २०७७



काठमाडौं । कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका २ मा ३८ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोनाको उपचारका लगि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

मृतक महिला अत्याधिक ज्वरो आएपछि प्रतिष्ठान भर्ना भएकी थिइन् । मृत्युपछी दाहसंस्कारका लागि आवश्यक पहल भइरहेको धरान २ का वडा सदस्य धर्म तामाङले बताए। धरानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post