काठमाडौं । इलाम नगरपालिकामा विदेशबाट आएर क्वारेन्टाइनमा बसेको स्वास्थ्य स्वब परिक्षण गर्दा १९ जनाको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको छ ।
नगरपालिकाको नयाँ बसपार्क स्थित क्वारेन्टाइनमा ३ जना मात्र रहेका छन् । तीन जना असोज ११ गते साउदीअरव, मलेसिया र कतारबाट आएका छन् । उनीहरुको श्वाब संकलन केहि दिनमा हुने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
इलाम नगरपालिकामा मात्र ५७ जनामा कोरोना संक्रमण देखिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले भने, ‘कोरोनालाई आतङ्कको रुपमा लिएर जनजिवन प्रभावित बनाई रहेको छ । यसलाई आतङ्कको रुपमा हैन अवसरको रुपमा लिएर अघि बढ्न नगरबासीलाई अनुरोध गरेका छन् ।’