विराटनगरका १२१ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

 कोरखबर   १२ असोज, २०७७



काठमाडौं । विराटनगरका १२१ चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना उपचारमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा संक्रमण देखिन गएको हो । महाशाखाका महानगरपालिका सम्बद्ध आठ स्वास्थ्यकर्मीसहित कोसी अस्पतालका ३१ जना, न्युरो अस्पतालका २० जना, विराटनगर अस्पतालका ९, नोबेल मेडिकल कलेजका ३६ र मोरङ सहकारी अस्पतालका ७ चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।

गोल्डेन अस्पताल विराटनगरका तीन र बूढीगंगा गाउँपालिकाको विराट मेडिकल कलेजमा १६ चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अग्रभागमा रहेर स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरुमा संक्रमण भएको बताए ।

हालसम्म विराटनगरमा २ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ५८४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बाँकी ९०३ जना होम आइसोलेसनमा छन् । महानगर आफैंले विराटनगरमा कोरोना संक्रमितको उपचार राख्‍नका लागि आइसोलेसन सञ्‍चालन गरिरहेको छ । कोरोनाबाट हालसम्म २० जनाको मात्र मृत्यु भएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post