काठमाडौं । भारतमा करिब ५० लाख कोरोना सङ्क्रमित निको भएका छन । भारतीय सरकारले पछिल्लो समयमा कोरोना सन्क्रमित निको हुनेको संख्या ५० लाख भएको बताएको छ ।
त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी सङ्क्रमितहरु निको भएका बताएको छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ ।
मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।