केसीको जीवन रक्षा गर्न सरकारसँग नागरिकको अपिल

 कोरखबर   ११ असोज, २०७७



काठमाडौं । बिगत १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका छन्।

केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि सरकारको ध्यानाकर्षण गरेका हुन्। आइतबार विज्ञप्ति निकालेर नागरिकहरुले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन्।

‘डाक्टर केसीको तत्कालै जीवन रक्षा र उहाँले उठाएका मागहरू सम्बोधन गर्न सरकारसँग हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको अपिलमा उल्लेख गरेका छन्।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post