काठमाडौं । सिन्धुलीमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
असोज ६ गते २८ जनाको स्वाव परिक्षण गर्दा एकै परिवारको ६ जानामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । उनका अनुसार अन्य तीन जना जिल्ला बाहिरबाट आई क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् ।
जिल्लामा दैनिक जसो संक्रमित भेटिइरहेका छन् । योसँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । ती मध्ये ६१ जना उपचारपछि निको भई घर फर्किसकेका छन । अन्यको उपचार सिन्धुली अस्पताल तथा एपोलो अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा भइरहेको छ ।