कोरोना सङ्क्रमणबाट झापामा थप एक जनाको मृत्यु

 कोरखबर   ११ असोज, २०७७



असोज ११,काठमान्डौ । झापामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोरोना भाईरस संक्रमणका कारण  मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको बताए ।  उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए ।

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post