काठमाडौँ । कोरोना संक्रमणका कारण नेपाली सेनाका एक सैनिकको मृत्यु भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार असोज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा एक सैनिक जवानको मृत्यु भएको हो ।
असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मुत्यु भएको सेनाले जनाएको छ । असोज ८ गते स्वाब परीक्षण गर्दा उनी कोरोना पोजिटिभ देखिएका थिए ।