धरानमा २ तथा बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु !

 कोरखबर   ९ असोज, २०७७



असोज ९,काठमान्डौ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षका पुरुष र मोरङको कानेपोखरी– १ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

डा.सापकोटाका अनुसार सप्तरीका ७० वर्षका पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण लिएर गजेन्द्र नारायणसिंह अस्पताल राजविराजबाट वीपी प्रतिष्ठानमा रेफर गरिएको थियो । उनमा भदौ २५ गते जगेन्द्र नारायणसिंह अस्पतालमा कोरोना पुष्टि भएको थियो ।

यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित मोरङका ५५ वर्षका पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा थिए ।उनमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । 

उता बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी अनुसार बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उनी मिर्गौलाका रोगी समेत थिए । उनको बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । शुक्रबार बिहानमात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post