काठमाडौं । राजविराज नगरपालिका–३ का ७१ वर्षीय युवाको कोरोना उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि १२ दिन अघिदेखि उनी धरानमा उपचाररत रहेका थिए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।