काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा भने १४ सय ९७ जना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।