काठमाडौं । ओखलढुुंगामा कोरोना संक्रमणबाट थप ६ जनाको सन्क्रमित भएका छन । गत सोमबार जिल्लाबाट ३१ जनाको स्वाब संकलन गरि परीक्षणमा पठाइएका मध्ये बिहीबार ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि जिल्लामा कोरोना पोजेटिभ देखिएका जनप्रतिनिधि, पत्रकार सहित उनीहरुको सम्पर्कमा आएका ३० जना ब्यक्तिसहित अन्य ३१ जनाको स्वाब परीक्षणमा पठइएकोमा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
योसङ्गै जिल्लामा बिहीबार सम्ममा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । यी मध्ये ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।